तुलसीपुरमा कांग्रेस नेतृत्वको गठबन्धनले बहुमतका साथ विजयी हासिल गर्छ : गिरी

तुलसीपुर । स्थानीय तहको चुनाव नजिकिदै गर्दा तुलसीपुर क्षेत्रमा गठबन्धनका उम्मेदवारहरूले चुनावी घरदैलो अभियानलाई तिब्र बनाएका छन ।

बिहीवार गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार गेहेन्द्र गिरी र उप–मेयरका उम्मेदवार जोगबहादुर रानाले तुलसीपुर क्षेत्रका विभिन्न स्थानमा पुगेर घर दैलो अभियानलाई तिब्र बनाएका छन् ।

उनीहरुरू संयुक्त रुपमा तुलसीपुर उप–महानगरपालिका– ८ को अस्वारा, बेलझुण्डी र खाद्रेमा घरदैलो अभियान गरेका छन् ।

मेयर पदका उम्मेदवार गिरीले तुलसीपुको मुहार फेर्न यस पटकको निर्वाचनमा गठबन्धनको उम्मेदवारहरूलाई विजयी बनाउन अनुरोध गरेका छन् ।

कम्युनिष्टहरूले चलाउँदाको देश र कांग्रेसले चलाएको देश आम नागरिकले सरल–सहज रुपमा मूल्याङ्ककन गरेको गिरीले बताएका छन् ।

उनले अहिलेको निर्वाचनमा हरेक स्थानीय तहमा कांग्रेस नेतृत्वमा रहेको गठबन्धनले जित मात्र होइन अत्याधिक बहुमतका साथ विजयी हासिल गर्ने बताएका छन् ।

Published : Friday, 2022 April 29, 8:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया