मुख्यालयमा ७२ जना डीएसपीहरूले दर्ज्यानी चिन्ह पाए

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका निरीक्षकबाट नायव उपरीक्षक पदमा पदोन्नती भएका ७२ जना अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बिहीबार सशस्त्र प्रहरीको मुख्यालय स्वयम्भुमा आयोजित कार्यक्रममा महानिरीक्षक पुष्पराम केसीले पदोन्नती भएका डीएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आईजीपी केसीले पदोन्नती भएका सशस्त्र प्रहरी नायब उपरीक्षकहरूलाई बधाई तथा कार्य सफलताको शुभकामना दिएका छन् ।

ईन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका सबैले प्रदर्शन गरेको व्यावसायिकता र सेवा प्रवाहको मूल्यांकन स्वरुप पदोन्नती प्राप्त भएको आईजीपी केसीले बताएका छन् ।

उनले दर्जासँगै बढेको जिम्मेवारीलाई अझ बढि क्रियाशील भई कार्यसम्पादनमा जुट्न निर्देशन दिएका छन् ।

कमाण्डर तहका अधिकृतहरूले मातहतका सशस्त्र प्रहरी कर्मचारीहरूलाई सहि मार्गनिर्देशन दिदै कार्यक्षेत्रमा खटिन अभिप्रेरित गर्नुपर्ने आईजीपी केसीले बताएका छन् ।

गृहमन्त्रालय सचिवस्तरको वैशाख १५ गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह साधारण उप–समूहका ८७ जना, साधारण समूह लेखा उप–समूहका १० जना, साधारण समूह कानून उप–समूहका २ जना र प्राविधिक समूह स्वास्थ्यतर्फ ६ जना सशस्त्र प्रहरी निरीक्षकहरू सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती गरेको थियो ।

Published : Friday, 2022 April 29, 7:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया