तुलसीपुरमा आफ्नै वडाबाट रिजेक्ट बस्नेतले कांग्रेस छाडे, एमालेसँग लसपस

तुलसीपुर । दाङको तुलसीपुर उप–महानगरपालिकाको आफ्नै वडाबाट किक आउट भएपछि नेपाली कांग्रेसका क्रियाशील सदस्य डिल्लीबहादुर बस्नेतले पार्टी छाडेका छन् ।

बस्नेतले तुलसीपुर उप–महानगरपालिकाको मेयरको टिकटको आकांक्षा राखेका थिए । बस्नेतलाई आफ्नै वडाले मेयरमा सिफारिस गरेको थिएन । बस्नेतको औकात र हैसियत बुझेको कांग्रेसको वडा कार्यसमितिले सिफारिस नगरेपछि रिसाएर पार्टी छाडेका हुन् ।

पार्टी छाडेका बस्नेत एमालेसँग लसपस गर्न पुगेका छन् । बस्नेतको समर्थनमा एमाले समर्थक सञ्चारमाध्यमले बढाइचढाइ समाचार लेखेका छन् ।

व्यापारी पृष्ठभूमिका बस्नेतसँग उनका परिवारका सदस्यहरू र केही समर्थक गरी करीव १० जनाले कांग्रेस छाडेको दाबी गरेका छन् ।

बस्नेतले कांग्रेस छाडे पनि खासै असर नपर्ने तुलसीपुर नगर कांग्रेसले जनाएको छ ।

Published : Thursday, 2022 April 28, 6:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया