एआईजी अर्याललाई दर्ज्यानी चिन्ह प्रदान, ५ दिनपछि आईजीपी भन्ने पक्का

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) राजु अर्याललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

बुधबार सशस्त्र प्रहरी बलको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहमा महानिरीक्षक पुष्पराम केसीले अर्याललाई दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

सरकारले वैशाख १३ गते तीन जना डीआईजीबाट अर्याललाई एआईजीमा पदमा पदोन्नती गर्ने निर्णय गरेको थियो ।

एआईजी अर्याल नै वैशाख १९ गतेबाट सशस्त्र प्रहरीको आईजीपी हुने सम्भावना छ । आईजीपी केसी अनिर्वाय अवकासमा जाँदैछन् ।

आईजीपी केसीले समारोहमा सम्बोधनको क्रममा पदोन्नती भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई बधाई दिएका छन् ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष ज्योति केसीले संघकी नवनियुक्त उपाध्यक्ष अनिता अर्याललाई फूलमालाकासाथ हार्दिक बधाई दिँदै संघमा स्वागत गरेकी छिन् ।

विक्रम संवत २०५४ सालको चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका थिए ।

अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर भएका थिए ।

Published : Wednesday, 2022 April 27, 5:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया