रुपन्देही कांग्रेसका सभापतिद्वारा मेयरमा मनोनयन दर्ता

बुटवल । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले तिलोत्तमा नगरपालिकाको मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।

सोमबार निर्वाचन कार्यालयमा पुगेर खाणले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसका नेता कार्यकर्तासहित पुगेका खाणले मनोनयन दर्ता गराएका थिए । उनले आफूसहित कांग्रेसका सबै उम्मेदवारहरूलाई चुनाव चिन्ह रुखमा मतदान गरेर विजयी बनाउन अनुरोध गरेका छन् ।

तिलोत्तमाका जनताको सेवाका लागि आफूले उम्मेदवारी दिएको सभापति खाणले बताएका छन् ।

Published : Monday, 2022 April 25, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया