मन्त्री, सचिव र महानिर्देशकद्वारा सर्वोच्चमाथि गम्भीर आरोप, सडकमा पुगेका क्षेत्रीलाई झन् पीडा दिए
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले, सचिव महेश्वर न्यौपाने र नेपाल नागरिक उड्यन प्राधिकरणका हालका महानिर्देशक प्रदीप अधिकारीले सर्वोच्च अदालतमा विचाराधीन मुद्धालाई प्रभाव पार्ने गरेर न्यायालयमाथि गम्भीर प्रश्न उठाएका छन् ।
आले, न्यौपाने र अधिकारीले विचाराधीन मुद्धामा अन्यायमा परेको भनेर न्याय खोज्न गएका प्राधिकरणका महानिर्देशक रामकुमार क्षेत्री र न्यायालयविरुद्ध नानाभाँती आरोप लगाएर प्रोपोगाण्डा थालेका छन् ।
मन्त्री आलेले महानिर्देशकबाट क्षेत्रीलाई समयावधी हुँदाहुँदै हटाएर कनिष्ठ कर्मचारी प्रदीप अधिकारीलाई महानिर्देशक बनाएका थिए । क्षेत्रीले आफूलाई अन्याय परेको भन्दै सर्वोच्च अदालतमा रिट दिएका छन् ।
सर्वोच्च अदालतले क्षेत्रीलाई काम गर्नबाट नरोक्नु भनेर आदेश दिएको छ । तर, मन्त्री आले, सचिव न्यौपाने र अधिकारी मिलेर क्षेत्रीलाई प्राधिकरणको कार्यालय छिर्न दिएका छैनन् ।
आले, न्यौपाने र अधिकारीले सर्वोच्च अदालतमा क्षेत्रीले सेटिङ गरेर मुद्धालाई प्रभाव पार्न खोजेको आरोप र प्रोपोगण्डा गर्न आफू निकटका सञ्चारमाध्यममा समाचार लेखाएका छन् । सर्वोच्चले कस्तो फैसला गर्छ अहिले नै भन्न सकिदैन । तर, मुद्धाबाट सबैभन्दा धेरै तनाब प्रदीप अधिकारीलाई भएको छ ।
न्यायालयको प्रक्रियालाई आले, न्यौपाने र अधिकारीले सेटिङ देखेका छन् । सत्तामा उनीहरू छन् । तर, आरोप अन्यायमा परेका क्षेत्रीलाई लगाएका छन् । जिम्मेवार व्यक्तिले न्यायालेका निष्पक्षतामाथि विश्वास गर्नुपर्नेमा उल्टै गम्भीर आरोप लगाउनु जायज छैन ।
ती सञ्चारमाध्यमहरूले पनि कुनैन कुनै स्वार्थले समाचार लेखेका छन् । समाचारमा भने जस्तै सेटिङ भएको रहनेछ भने आले, न्यौपाने र अधिकारीको भजन गाउनेहरूले मानहानीमा दण्ड भोग्नुपर्ने हुन सक्छ । न्यायालयमाथि आस्था र विश्वास राख्नुपर्छ ।
मन्त्री आले र सचिव न्यौपानेले के–के हर्कत गरेका छन् ? न्यायालयमा परेका आधा दर्जनभन्दा धेरै मुद्धाहरूले पुष्टि गरिसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया