स्कटल्याण्डमा नेपाली नर्सहरूको संस्था गठन
स्कटल्याण्ड । नेपलिज नर्सिङ एशसिएसन यूकेको सहकार्यमा स्कटल्याण्डमा पहिलो पटक नेपाल नर्सिङ एशोसिएसन स्कटल्याण्डको गठन गरेको छ ।
सरोजा अर्यालको अध्यक्षतामा गठित समितिमा नर्सिङ पेशामा आवद्ध अनुभवी व्यक्तित्वहरूको संलग्नता रहेको छ ।
कार्यसमितिकाको उपाध्यक्षमा निशा विष्ट, सचिवमा देवी कँडेल चयन भएका छन् ।
सह–सचिवमा कविता हुमागाइँ, कोषाध्यक्षमा सर्विना बज्राचार्य, सह–कोषाध्यक्षमा सुष्मा अर्याल चयन भएका छन् ।
डण्डी एरिया को–ओरडिनेटरमा चन्द्ररेखा अधिकारी रहेका छन् ।
एशोसिएसनको मुख्य सल्लाहकार एवम् स्टुडेन्ट को–ओरडिनेटरमा डा.राधा अधिकारी रहेकी छिन् ।
क्यामपेनरहरूमा अनु श्रेष्ठ, उषा सेढाई, शर्मिला कार्की, सुस्मिता गुरुङ, बन्दना अर्याल, अंशु भट्टराई, निशा अर्याल र सजना भट्टराई रहेका छन् ।
एशोसिएसन गठनको भेलामा विभिन्न वक्ताहरूले स्कटल्याण्डमा नेपाली नर्सहरूको संगठनको आवश्यकता र नेपाली नर्सहरूबीच सद्भाव र सहयोगका लागि समिति गठनको औचित्यबारे प्रकाश पारेका छन् ।
डा. राधा अधिकारीले नेपाली नर्सहरूको अवस्था र संस्थाले गर्नुपर्ने सहयोगको बारेमा प्रकाश पारेकी छिन् ।
कार्य समितिले स्कटल्याण्डमा रहेका नेपाली नर्सलाई आबस्यक परेको अवस्थामा सहयोग सुझाव सल्लाह दिनु साथै नेपालको स्वास्थ्य सेवामा आवश्यक सहयोग गर्ने जनाएको छ ।
नेपलिज नर्सिङ एशसिएसन यूकेकी अध्यक्ष सुनिता गौतमको सहयोग र मार्गदर्शनअनुसार समिति गठन भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया