कांग्रेसबाट गोदावरी नगरपालिकामा महर्जन र अधिकारीको नाम सिफारिस

गोदावरी । नेपाली कांग्रेसले ललितपुरको गोदावरी नगरपालिकाको मेयरको टिकटका लागि गजेन्द्र महर्जनको नाम प्रस्ताव गरेको छ ।

गोदावरी नगरपालिकाको उप–मेयरमा कांग्रेसले मुना अधिकारीलाई टिकटका लागि प्रस्ताव गरेको एक नेताले बताए ।

यसअघि, पनि गोदावरीमा कांग्रेसको तर्फबाट मेयरमा महर्जन र उप–मेयरमा अधिकारी जित हासिल गरेका थिए ।

कांग्रेसको तल्लो तहको निकायबाट टिकटमा उनीहरूको नाम सिफारिस भएको छ । टिकट दिने अन्तिम निकाय नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमिति हो । उसले दियो भने महर्जन र अधिकारीले सोमबार मनोनयन दर्ता गर्नेछन् ।

ललितपुर कांग्रेसबाट गोदावरीमा महर्जन र अधिकारीलाई दोहोर्‍याउने तयारी भएको छ ।

उनीहरू लोकप्रिय भएकै कांग्रेस दोहोर्‍याउन लागेको नेताहरूले बताएका छन् ।

Published : Sunday, 2022 April 24, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया