उपेन्द्र यादवले छोरालाई विराटनगरको उप–मेयरको टिकट दिए, वीरगञ्जमा सिंहले पाए मेयर

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्नो छोरा अमरेन्द्र यादवलाई विराटनगर महानगरपालिकाको उप–मेयर पदको टिकट दिएका छन् ।

आइतबार ललितपुरमा बसेको जसपाको मुख्यालय बैठकले विराटनगरको उप–मेयरको टिकट अध्यक्ष यादवका छोरा अमरेन्द्रलाई दिने निर्णय गरेको प्रेस नोटमा उल्लेख छ ।

वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट राजेशमान सिंहलाई दिइएको छ । सिंह हालै एमाले छाडेर जसपामा प्रवेश गरेका हुन् । सिंह वीरगञ्जमा लोकप्रिय मानिन्छन् ।

Published : Sunday, 2022 April 24, 8:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया