तिलामा जलेर ४ बालबालिकाको मृत्यु, ३ जना घाइते
तिला । जुम्ला जिल्लामा घरमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ ।
शुक्रबार राति तिला गाउँपालिकाका–३ कुडारी सार्की भन्ने गाउँमा आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भाञ्जीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भाञ्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।
आगलागीका कारण बेहोस भएका मानसिंह र उनकी श्रीमती फागुनी तथा बहिनी रुन्चकलीलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ ।
Published : Saturday, 2022 April 23, 7:30 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया