तेमालको अध्यक्षमा कांग्रेसका युवा नेता लामाको दाबी
तेमाल । नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य गुमानसिंह लामाले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको अध्यक्षमा दाबी गरेका छन् ।
युवा नेता लामाले तेमालको अध्यक्षमा आफ्नो दाबी रहेको जनाएका छन् । उनले गाउँपालिकाको अध्यक्षमा आफूलाई पार्टीले टिकट दिनेमा आशावादी रहेको बताएका छन् ।
तेमाल बुुझेको नेतृत्वलाई कांग्रेसले टिकट दिनुपर्ने उनले बताएका छन् । २०५३ सालदेखि कांग्रेसमा सक्रिय लामाले स्थानीय निर्वाचनमा आफूलाई टिकट दिनुपर्ने बताए ।
लामा २०५४ सालको स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन सक्रिय रुपमा लागेका थिए ।
उनले तेमालमा भौतिक पूर्वाधारसंगै शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिने बताएका छन् ।
लामा कांग्रेसको १३औं महाधिवेसनमा सबैभन्दा बढी मत प्राप्त गरी महाधिवेसन प्रतिनिधि चुनिएका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया