ललितपुरमा अक्सिजन प्लान्टभित्र विष्फोट, २ को मृत्यु, ६ जना घाइते
ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सागरमाथा अक्सिजन प्रालिमा अक्सिजन प्लान्टमा सिलिण्डर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ ।
सिलिण्डर भर्ने क्रममा अचानक अक्सिजन सिलिण्डर बिहीबार बिहान विष्फोट हुँदा २ जनाको मृत्यु भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मृत्यु हुनेहरूमा प्लान्टमा काम गर्ने भारतको पश्चिम चम्पारम रतनपुरुवा गाउँ घर भएका ४५ वर्षीय बृज महतो र भारत घर भएका २५ वर्षीय राजकुमार महतो रहेको विज्ञप्तिमा उल्लेख छ ।
बृज महतोको घटनास्थलमै र राजकुमारको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
घाइते हुनेहरूमा पर्साका ४३ वर्षीय रमेश अधिकारी, ललितपुरकी ३६ वर्षीय दुर्गा पुरी, लतिपुरका १९ वर्षीय सुदीप तिमिल्सेना, ललितपुर–२२ का ईश्वर बजगाइँ, ओखलढुंगाकी २० वर्षीय अन्जना पौडेल र काठमाडौंको चन्द्रागिरीका ४९ वर्षीय गंगाराज शर्मा रहेका छन् ।
उक्त घटनामा घाइते भएका ६ जना पाटन अस्पताल र ग्वार्खोस्थित बी एण्ड बी अस्पतालमा उपचारपछि डिस्चार्ज भएका छन् ।
घटनास्थलमा तत्काल प्रहरी टोली पुगी उद्धार कार्य गर्नुका साथै घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया