कांग्रेसद्वारा बस्नेतलाई जिल्ला सम्पर्क समन्वय उप–समितिको संयोजकमा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेतलाई ‘जिल्ला सम्पर्क समिति समन्वय एवम् परिचालन उप–समिति’को संयोजकमा मनोनयन गरेको छ ।
कांग्रेसको स्थानीय तह निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका उप–सभापति पूर्णबहादुर खड्काले बस्नेतलाई उप–समितिको संयोजकमा मनोनयन गरेका हुन् ।
संयोजक बस्नेतलाई संघीय, प्रदेशिक राजधानीमा रहेका जिल्ला सम्पर्क समितिलाई स्थानीय तहको निर्वाचनमा सम्बन्धित स्थानीय तहमा परिचालित भई पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गरिएका उम्मेदवारलाई विजयी गराउन सक्रिय भई कार्य गर्न आवश्यक निर्देशन अधिकार दिइएको छ ।
स्थानीय तहभन्दा बाहिर जिल्लामा रहेका मतदातालाई सम्बन्धित स्थानीय तहमा गई मतदान गर्न प्रेरित गर्ने अधिकार पनि संयोजक बस्नेतलाई दिइएको छ ।
जिल्ला सम्पर्क समिति र जिल्ला, पालिका र वडा पार्टीसँग समन्वय गराई परिचालन गर्ने अधिकार पाएका बस्नेतले उप–समितिसँग सम्बन्धित अन्य आवश्यक कार्य गर्ने गराउने अधिकार पाएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया