खतिवडालाई विश्वास गरेर कांग्रेसले बनायो पावरफुल उप–समितिको संयोजक, भरतपुर काण्ड हुन नदिने

काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिले केन्द्रीय सदस्य रामहरि खतिवडालाई ‘निर्वाचन सुरक्षा निकाय समन्वय उप–समिति’को संयोजक मनोनयन गरेको छ ।

पार्टी उप–सभापति समेत रहेका समितिका संयोजक पूर्णबहादुर खड्काले खतिवडालाई उप–समितिको संयोजकमा मनोनयन गरेका हुन् ।

खतिवडालाई निर्वाचन प्रचार अभियानलाई स्वास्थ्य र मर्यादित बनाउँदै स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा मतदान गर्न पाउने मतदाताको मौलिक हकलाई सुनिश्चित गर्दै, मतदान स्थल, मतदान प्रक्रियाका सबै चरण तथा मतगणनाको अन्तिम परिणाम घोषणा नहुञ्जेलसम्मको निर्वाचनको सबै सुरक्षा व्यवस्था सुनिश्चितताका लागि सुरक्षा निकायसँग आवश्यक्तानुसार सम्पर्क र समन्वय कायम गरी आवशयक कार्य गर्ने कार्यादेश दिइएको छ ।

कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई जिताउन सहयोग गर्ने उद्देश्यले विभिन्न समिति र उप–समितिहरू बनाएको छ ।

कांग्रेसका उम्मेदवार, मतदाता, निर्वाचन केन्द्र, मतगणनासहित सबै कार्यमा आवश्यक पर्ने सुरक्षासम्बन्धी सहयोग नेता खतिवडाले समन्वयात्मक काम गर्नेछन् ।

भरतपुर महानगरपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई मेयरमा जिताउन मत पत्र च्यातको घटनाबाट सचेत हुँदै त्यस्ता घटना नहोस् भनेर पूर्वतयारीका लागि कांग्रेसले खतिवडाको संयोजकत्वमा सुरक्षा उप–समिति बनाएको छ ।

Published : Thursday, 2022 April 21, 6:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया