बर्दियामा गठबन्धनमा कुरा मिलेन, एक्लाएक्लै भिड्ने

काठमाडौं । बर्दिया जिल्लामा ५ दलीय गठबन्धनले मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।

बर्दियामा बुधबार बसेको संयुक्त बैठकले ८ वटै पालिकामा मित्रवत् प्रतस्पर्धा गर्ने निर्णय गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

‘पाँच दलीय गठबन्धन बर्दियामा रहेका पाँच वटै राजनीतिक दलमा रहेका तहगत नेता तथा कार्यकर्ताहरूको भावनाअनुरुप जिल्लाका ८ वटै पालिकामा पाँच दलीय गठबन्धनबीच हार्दिकता कायम गरी मित्रवत् प्रतिस्पर्धा गर्दै स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेका छौं’, विज्ञप्तिमा भनिएको छ ।

‘निर्वाचन प्रयोजनका लागि हामी पाँच दलीय गठबन्धनमा आबद्ध रहेकका दलहरूबीच बाहेक अन्य दलहरूसँग तालमेल नगर्ने कुरामा पूर्ण प्रतिबद्ध छौं’, विज्ञप्तिमा भनिएको छ ।

‘पाँच दलीय गठबन्धन जिल्लास्तरीय संयन्त्रबीच भएको सहमति कार्यान्वयन भए÷नभएको सम्बन्धमा अनुगमन एवं सुपरिवेक्षण गर्न पाँच सदस्यीय अनुगमन समिति बनाउने र स्थानीय तहको निर्वाचनलाई मित्रवत एवं स्वच्छ प्रतिस्पर्धा गरी निर्वाचनमा भाग लिनका लागि पाँच दलीय गठबन्धन बीच आचारसंहिता बनाई सबै तहगत संरचनामा सर्कुलर गर्ने’, विज्ञप्तिमा उल्लेख छ ।

बर्दिया जिल्लामा कांग्रेसले आफूलाई बलियो बनाएको छ । गठबन्धनका दलहरूमा सबैभन्दा बलियो कांग्रेस नै छ ।

Published : Wednesday, 2022 April 20, 9:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया