मनाङमा कांग्रेस र माओवादीले गठबन्धन गर्ने, समाजवादीलाई पनि सँगै लैजाने
काठमाडौं । नेपाली कांग्रेस मनाङले ५ दलीय गठबन्धनको निर्णयानुसार मनाङ जिल्लामा गठबन्धन गरेर जाने निर्णय गरेको छ ।
बुधबार काठमाडौंमा बसेको कांग्रेस र माओवादी केन्द्रका नेताहरूको बैठकमा स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा गठबन्धन गर्ने सहमति भएको मनाङ कांग्रेसका सभापति शंकर गुरुङले जानकारी दिए ।
‘केन्द्रको नीति र निर्देशानलाई हामीले मनाङमा चुनावी गठन्धन गरेर अगाडि बढ्न सहमति गरेका छौँ’, उनले भने, ‘कसरी र कुन मोडलमा जानेभन्ने विषयमा आन्तरिक छलफल गरेर जानेछौँ ।’
मनाङ जिल्लामा चार वटा गाउँपालिका छन् । एउटा प्रतिनिधि सभा र दुई प्रदेश सभा छन् ।
कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङले मनाङमा गठबन्धनका दलहरू मिलेर जाने भएपछि कुनै समस्या नरहेको बताए ।
गठन्धन गर्ने विषयमा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री देवप्रसाद गुरुङले पनि सहमति जनाएका छन् ।
कांग्रेस र माओवादीले नेकपा (एकीकृत समाजवादी)लाई पनि सँगै लैजाने सहमति गरेका छन् ।
वार्तामा कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री टेकबहादुर गुरुङ, सभापति शंकर गुरुङ, अनिता लामा, साङदो लामा, चन्द्र घलेको उपस्थिति रहेको थियो ।
माओवादी केन्द्रबाट जिल्ला ईञ्चार्ज कपिल लामा, जिल्ला संयोजक भेदबहादुर गुरुङ ‘कसाङ’, हिरालाल गुरुङको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया