गृह मन्त्रालयद्वारा सबै सीडीओहरूलाई परिपत्र, निगरानीमा निर्वाचन विरोधीहरू
काठमाडौं । गृह मन्त्रालयले ७७ वटा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा अवस्था भरपर्दो बनाउन परिपत्र गरेको छ ।
मंगलबार मन्त्रालयले सबै जिल्लामा स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीतिअनुसारको सुरक्षा योजना लागू गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ)ले निर्वाचनालाई लक्षित गरेर सबै तयारी गर्नेछन् ।
मन्त्रालयले तयार पारेको सुरक्षा गाइडलाइनअनुसार सुरक्षा चुस्त पार्न सम्बन्धित जिल्ला प्रशासनलाई परिपत्र गरिएको छ ।
मन्त्रालयले चुनावी मिति तोकिएलगत्तै सुरक्षा रणनीति तयार पारेको थियो ।
मंगलबारदेखि लागू हुने गरी चुनाव सकिएपछि विजयी भएका जनप्रतिनिधिले विजयी उत्सव मनाउँदासम्म प्रशासनले चुनावी सुरक्षा गाइडलाइनअनुसार काम गर्नेछन् ।
निर्वाचन बिथोल्न केही समूहले तयारी समेत गरेका छन् । मोहन बैद्य नेतृत्वको माओवादी क्रान्तिकारीले निर्वाचन बहिस्कार गर्ने घोषणा गरिसकेको छ ।
नेत्रविक्रम चन्दको एउटा समूहले निर्वाचनलाई बहिस्कारको तयारी गरेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया