गठबन्धनको निर्णय नमान्ने कांग्रेसका नेता कार्यकर्तालाई कारबाही हुन्छ : खाण
बुटवल । गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले गठबन्धनको निर्णय नमान्ने र असहयोग गर्ने कांग्रेसका नेता कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन् ।
गृहजिल्ला रुपन्देहीमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै उनले गठबन्धनका दलहरूबीच भएको सहमति कार्यान्वयन नगरिए पार्टीले कारबाही गर्ने बताए ।
खाणले गठबन्धनको सहमतिको विरोध गर्ने नेताले प्रदेश र संघीय निर्वाचनको टिकट नपाउने र कार्यकर्तालाई हैसियतअनुसारको कारबाही हुने बताएका छन् ।
गठबन्धनमा भएको सहमति पूर्ण रुपमा पालना गरेर जान नेता कार्यकर्तालाई खाणले निर्देशन दिएका छन् ।
उनले गठबन्धनको सहमतिपूर्ण रुपमा कार्यान्वयन गर्ने दायित्व कांग्रेसकै भएको बताएका छन् ।
‘अहिले विरोध गर्ने र सहमति एवं निर्णय कार्यान्वयन नगर्ने नेताले प्रदेश र संघीय निर्वाचनको टिकट नपाउन सक्छन्’, उनले भने, ‘अन्य कार्यकर्तालाई पनि हैसियतअनुसारको कारबाही हुन्छ ।’
उनले सबै कार्यकर्तालाई गठबन्धनमा मित्रवत् व्यवहार गरेर सहमतिका साथ अघि बढ्न पनि निर्देशन दिएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया