सिन्धुलीको पिपलभञ्ज्याङमा झडप, ११ प्रहरी घाइते

सिन्धुली । सिन्धुली जिल्लामा प्रहरी र प्रदर्शनकारीबीच बुधबार झडप भएको छ ।

बोलेरो गाडीको ठक्करबाट घाइते भएका ३९ वर्षीय विजय मोक्तानका आफ्न्तलाई क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग राखेर भएको प्रदर्शनमा झडप भएको हो ।

प्रदर्शनकारीले वीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका– २ पीपलभञ्ज्याङ बन्द गरेर प्रदर्शन गरेका थिए । राजमार्ग बन्द भएपछि सवारी साधन रोकिनुका साथै हजारौ यात्रुले सास्ती व्यहोर्नुपरेको थियो ।

राजमार्ग खुलाउन गएका प्रहरीमाथि बन्दकर्ताले ढुंगामुढा प्रहार गरेका थिए ।

बन्दकर्ताको ढुंगामुढा प्रहारबाट ११ प्रहरी घाइतेसमेत भएका छन् ।

झडपका क्रममा सडकमा रोकिएका केही सवारीसाधनमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा दिन केही राउन्ड अश्रुग्यास र हवाई फायरसमेत गरेको छ ।

Published : Wednesday, 2022 April 20, 5:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया