धरानमा कांग्रेसद्वारा ९ जनाको नाम सिफारिस

धरान । नेपाली कांग्रेसबाट सुनसरीको धरान उप–महानगरपालिकाको मेयरमा ९ जनाको नाम सिफारिस भएको छ ।

नगर कार्यसमितिको बैठकले मेयर र उप–मेयरका लागि आकांक्षीका नाम सिफारिस गरेको हो ।

मेयरका लागि तिलक राई, किशोर राई, पर्वत राई, अजय राई, उमेश थापा, सुजेन्द्र तामाङ, श्यामा रेग्मी, गोविन्द दर्नाल र मीना पुलामीको नाम सिफारिस गरिएको छ ।

उप–मेयरमा हिमाल राई, मनिता घिमिरे, झुमा राई, उर्मिला प्रधान, शीला ब्रजाचार्य, निलकुमारी थापा, कुसुम ओली, निर्मला शाक्य, सन्तोष विश्वकर्मा र कोपिला भट्टराईको नाम सिफारिस भएको छ ।

Published : Wednesday, 2022 April 20, 11:41 am

फेसबुकबाट तपाईको प्रतिक्रिया