२८ प्रहरी कर्मचारीलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान

काठमाडौं । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले २८ जना प्रहरी कर्मचारीहरूलाई दमकल, वाटरक्यानन् चालक तथा अपरेटर तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजले महाशाखामा संचालित प्रथम समूहअन्तर्गत मंगलबार तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका छन् ।

प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले दक्ष कुशल दमकल, वाटरक्यानन् चालक तथा अपरेटर उत्पादन गरी संगठनले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न तालिम सहयोगी हुने बताए ।

नेपाल प्रहरी संगठनलाई आवश्यक पर्ने दक्ष दमकल तथा वाटरक्यानन् चालक तथा अप्रेटरहरूको कमीलाई परिपूर्ति गर्नका लागि उक्त तालिम गराइएकाले प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सीप र दक्षतालाई आ–आफ्नो कार्यक्षेत्रमा जिम्मेवारी पूर्वक उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक अनुप श्रेष्ठले तालिमसम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत चैत १५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी वरिष्ठ हवल्दार ३ जना, प्रहरी हवल्दार ७ जना, प्रहरी सहायक हवल्दार ९ जना र प्रहरी जवान ८ जना गरी कुल २८ जना प्रशिक्षार्थीको सहभागिता रहेको जानकारी दिए ।

Published : Wednesday, 2022 April 20, 10:22 am

फेसबुकबाट तपाईको प्रतिक्रिया