सरकारले सशस्त्र प्रहरीको एआईजीपी बढुवामा वरिष्ठता मिचेन, अर्यालको बढुवा, आईजीपी पनि बन्ने पक्का

काठमाडौं । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक (एआईजी)मा राजु अर्याललाई बढुवाका लागि सिफारिस गरेको छ ।

अर्याल नायब महानिरीक्षक हुन् । सरकारले पहिलो वरीयताका अर्याललाई एआईजीमा बढुवा गरेर आईजीपीको बनाउने बाटो खोलेको छ ।

एआईजीमा बढुवा सिफारिसमा परेका अर्याल नै वैशाख २० गतेबाट आईजीपी बन्नेछन् ।

एआईजी बढुवाका लागि अर्यालका साथै नारायणदत्त पौडेल र चन्द्रप्रकश गौतम पनि दौडमा थिए । पौडेल र गौतमलाई पछाडि पार्दै अर्याल एआईजी बढुवामा परेका छन् ।

वैशाख १९ गते हालका आईजीपी पुष्पराम केसीले उमेर हदका कारण अनिर्वाय अवकास पाउनेछन् । त्यसपछि अर्याल नै आईजीपी बन्नेछन् ।

चन्द्रप्रकाश गौतमलाई बढुवा गरेर आईजीपी बनाउने तयारी र चर्चा भए पनि अन्तिम समयमा फालिएका छन् ।

Published : Sunday, 2022 April 17, 10:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया