सिन्धुपाल्चोक कांग्रेसले केन्द्रको निर्देशन मान्यो, ३ दलबीच गठबन्धन गर्ने निर्णय

चौतारा । सिन्धुपाल्चोक जिल्लामा नेपाली कांग्रेसको नेतृत्वमा स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय भएको छ ।

सिन्धुपाल्चोकमा शुक्रबार बसेको गठबन्धनका दलहरूको बैठकले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा तीन दलबीच गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)का नेताहरूको बैठकले गठबन्धन गर्ने निर्णय गरेका हुन् ।

स्थानीय तहको भागबण्डा गर्न आइतबार पार्टीका प्रमुख र केन्द्रीय सदस्यहरूको बैठक बस्नेछ ।

Published : Friday, 2022 April 15, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया