कांग्रेसले उत्कृष्ट चुनावी गीतलाई पौने तीन लाख दिने
काठमाडौं । नेपाली कांग्रेसले उत्कृष्ट चुनावी गीतको अडियो र भिडियोलाई २ लाख ७५ हजार नगद पुरस्कार दिने जनाएको छ ।
कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिअन्तरगतको सांस्कृतिक समन्वय उपसमितिले कांग्रेसको पक्षमा बन्ने उत्कृष्ट चुनावी गीतलाई नगद पुरस्कार दिने विज्ञप्तिमार्फत जनाएको छ ।
आसन्न स्थानीय निर्वाचनलाई लक्षित गरी नेपाली कांग्रेसको पक्षमा चुनावी गीतहरू (अडियो/भिडियो) निर्माण गरी प्रचार–प्रसार भैरहेको गीत नेपाली कांग्रेस केन्द्रीय प्रचार–प्रसार सांस्कृतिक समन्वय उप–समितिमा पठाउन भनिएको छ ।
कांग्रेसको फेसबुक म्यासेञ्जरमा लिंक गरी पठाइदिन आग्रह गरिएको छ ।
गीतका विषयमा लिगेश भट्टराईलाई ९८४९४४२२२५, खुम केसीलाई ९८४१३०६१३०, उदिराम खड्कालाई ९८४१२५२६३४ र बलबहादुर परियारलाई ९८४१५९५७९३ सम्पर्क गरेर पनि गीत र भिडियोका विषयमा जानकारी गराउन सकिनेछ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया