ललितपुरमा जलेर एक जनाको मृत्यु, ७ जनाको उद्धार
काठमाडौं । ललितपुरको कोञ्ज्योसोम गाउँपालिकाको एउटा घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
बुधबार कोन्ज्योसोम गाउँपालिका–५ भारदेउस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहले जानकारी दिएका छन् ।
जयबहादुर लोप्चनको ढुंगा र माटोले बनेको दुई तले कच्ची घरमा बिजुलीको तार सर्ट भएर आगलागी भएको उनले बताएका छन् ।
घरमा आगलागी भएको भन्ने खबरपछि प्रहरी निरीक्षकसहितको टोली खटिएको थियो ।
टोलीले ७२ वर्षीया कान्छीमाया लोप्चनको शव निकालेको प्रहरी उपरीक्षक शाहले बताए ।
घरका अन्य ७ जनाको सकुशल उद्धार गरिएको थियो ।
४ लाख बराबरको सुन, ६ तोलाको सुन लगायत गरी १५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
Published : Thursday, 2022 April 14, 9:05 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया