कांग्रेसले रिजेक्ट गरेका ‘माल’ ओलीले एमालेमा भित्र्याएका गगन थापाको खुलासा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता गठबन्धनको विरोध गरिरहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले राप्रपा नेपाल र परिवार दललाई पनि ल्याएर गठबन्धन बनाएको भन्दै एमाले र ओलीको औकात स्मरण गराइ दिएका छन् ।

बिहीबार कांग्रेसले काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले ओलीलाई गठबन्धन गर्ने दलहरू नपाएपछि राप्रपा नेपाल र परिवार दलसँग मिलेको बताए ।

‘म एमाले पार्टीको अध्यक्षज्यूको कुराकानी कहिले काहिँ पढ्छु, सुन्छु, स्वभाविक छ, छापामा आउँछ, सुनिन्छ, पढिन्छ । मैले केही दिनदेखि उहाँको वक्तव्य सुनिरहेको छु’, उनले भने, ‘विभिन्न ठाउँमा गएर उहाँले प्यारप्यार एउटा कुरा भनिरहेको पाउँछु ।’

उनले भने, ‘गठबन्धनलाई फतक्क कुहिएर झरोस्, यो गठबन्धन अपराधीहरूको गठबन्धन हो । त्यसो भनिरहँदै गर्दा सामान्य हेक्का पनि उहाँले के नराखेको पाउँछु भने, आज नेपाली कांग्रेस विभिन्न राजनीतिक पार्टीसँग तालमेल र गठबन्धनमा छ, नेकपा (एमाले) जसलाई भेट्छ, त्योसँग आफूलाई जोडीरहेको छ ।’

‘हिजो कमल थापालाई आफ्नो पार्टीसँग लगेर जोड्नुभयो । परिवार दललाई लगेर जोड्नुभयो’, उनले भने, ‘अरु कुन–कुन दलहरू भेटिन्छ भनेर बिहान बेलुकै पूर्वप्रधानमन्त्री केपी ओली यता चाहरेको, उता चाहरेको हामी देख्न सक्छौँ ।’

‘विजय सरावगी जो अस्ती एमालेमा प्रवेश गर्नुभयो । उहाँ म कहाँ पनि आउनुभएको थियो रातोपुलस्थित घरमा, कांग्रेसको सबै नेताहरूलाई उहाँले काठमाडौं आएर भेट्नुभएको थियो’, थापाले भने, ‘व्यक्तिगतरुपमा उहाँप्रति मेरो सम्मान छ । तर, नेपाली कांग्रेसलाई म प्रवेश गर्नुप¥यो, मलाई नेपाली कांग्रेसमा प्रवेश गराइदिनुपर्‍यो भन्दै गर्दा हामी तपाईलाई कांग्रेसभित्र ल्याउन सक्दैनौँ भनिसकेपछाडि उहाँ नेकपा (एमाले)मा जानुभयो ।’

‘अहिले वीरगञ्जको मेयरको उम्मेदवार बन्नुभएको छ एमालेबाट । यहाँबाट बारातका साथमा वीरगञ्जमा गएर मैले ठूलो युद्ध जितेको जस्तै एलान पूर्वप्रधानमन्त्री केपी ओलीजीले गर्नुभयो’, उनले भने, ‘आज मैले यत्रो मान्छे प्रवेश गराएँ जो चाहिँ नेपाली कांग्रेस प्रवेश गर्न चाहनुहुन्थ्यो । मेरो कुनै व्यक्तिको बारेमा टिप्पणी होइन । तर, चुनावको वरिपरी हे¥यौँ भने, एउटा पार्टीको मान्छेले पार्टी छोडेर अर्को पार्टी प्रवेश गरेको छ । हाम्रोमा पनि आएको छ ।’

‘५ वर्ष एउटा पार्टीको चुनाव चिन्ह लिएर लडेको मान्छे ठ्याक्क चुनावको मुखमा आएर अर्को पार्टीमा टिकट पाइन्छ कि भनेर अर्को पार्टीमा हामफालेको छ’, उनले भने, ‘रातारात एउटा पार्टीबाट अर्को पार्टीमा तालमेल भएको छ । एमालेले हामीलाई प्रश्न उठाउँछ, आफै राप्रपा नेपालसँग पनि गरेको छ, परिवार दलसँग पनि गरेको छ ।’

‘हामी पनि त्यही गरिरहेका छौँ । यो दलसँग त्यो दलसँग हामी सबै तालमेल गरेर हामीहरू निर्वाचन लड्ने भनिरहेका छौँ’, महामन्त्री थापाले भनेका छन् ।

‘जुन खालको अभ्यासमा हामीहरू गइरहेका छौँ । यसको चर्चा भइसकेको छ’, उनले भने, ‘त्यो पार्टीले गरेको निर्णय हो । पार्टी भनेको यही हो । पार्टीको निर्णयमा हामी बाँधिन्छौँ ।’

Published : Thursday, 2022 April 14, 12:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया