बंगलाचुलीमा महरा–पोखरेलका चर्चिच नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश
बंगलाचुली । दाङको बङ्गलाचुली गाउँपालिका–८ हाँसीपुरमा एमालेका युवा नेता बमबहादुर महराको नेतृत्वमा झण्डै १ सय स्थानीय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
सोमबार हाँसीपुरमा आयोजित कार्यक्रममा दाङ क्षेत्र नं. २ का सभापति भीमप्रकाश डाँगीले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरूमा गुमानसिंह खत्री, जुद्धबहादुर खत्री, थमनसिंह ज्ञवाली, पदम ज्ञवाली, बसन्त पुन, राजेन्द्र बुढा, खुशल गाह, दुर्गाबहादुर खत्री लगायत रहेका छन् ।
नवप्रवेशीहरूले एमाले र माओवादी केन्द्रले जनताको सेवाभन्दा व्यक्तिगत स्वार्थ र जनतालाई धोका दिने काम गरेको हुँदा आफूहरू कांग्रेसमा प्रवेश गरेको बताएका छन् ।
बंगलाचुली कांग्रेस वडा नं. ८ का सभापति ज्ञानबहादुर वलीको सभापतिमा भएको कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं. २ का सभापति भीमप्रकाश खड्का रहेका थिए ।
कार्यक्रममा कांग्रेसको क्षेत्र नं. २ ‘क’ का सभापति प्रकाश श्रेष्ठ, क्षेत्रीय सदस्य पदमराज शर्मा, कांग्रेसका नेता वसन्त जोशी, कांग्रेस बंगलाचुलीका सभापति जागेश्वर अधिकारी, कांग्रेस बङ्गलाचुली ५ नं. वडाका सभापति केशव जिसी, बमबहादुर महरा लगायतले धारणा राखेका थिए ।
बंगलाचुली गाउँपालिकामा कांग्रेसले आफ्नो प्रभाव र दबाब बढाउँदै लगेको छ । कम्युनिस्टहरूले जनतालाई धेरै झुक्काएपछि पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।
प्रतिनिधि सभामा माओवादीका कृष्णबहादुर महरा र प्रदेशतर्फ एमालेका शंकर पोखरेल विजयी भएका थिए ।
महरा र पोखरेल दुईतिहाइ बहुमत पाएर सत्तामा पुग्दा समेत साढे ३ वर्षमा पार्टी विभाजन गरेर सरकारबाट च्युत भएका छन् ।
कम्युनिस्टहरूको हर्कतबाट बंगलाचुलीका जनता दिक्क एका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया