धनकुटाका ईन्स्पेक्टर र असईलाई कारबाही
धनकुटा । नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)लाई विभागीय कारबाही हुने भएको छ ।
धनकुटा जिल्लाको शहीदभूमि–२ अखुवाटारमा गत आइतबारदेखि मंगलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इञ्चार्ज प्रहरी निरीक्षक काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इञ्चार्ज सहायक निरीक्षक कुमार कटुवाल जिल्ला तानिएका हुन् ।
प्रतिबन्धित लागूऔषध गाँजाका विषयमा आयोजित कार्यक्रममा अतिथि बनेका दुई ईन्स्पेक्टरहरूलाई विभागीय कारबाही शुरु गरिएको हो ।
मुलुकमा गाँजा प्रतिबन्धित छ । वैधानिक अभियान बनाउने अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाकै बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।
गाँजाको कार्यक्रममा दुई जना प्रहरीहरू अतिथिका रुपमा सहभागी भएपछि आलोचना भएको थियो ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया