वीस देशमा राजदूत सिफारिस
काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
राजदूत सिफारिस भएकामा ८ जना परराष्ट्र सेवाका छन् । १२ जना राजनीतिज्ञबाट सिफारिस गरिएको छ ।
चीनका लागि नेपाली राजदूतमा माओवादी केन्द्रका नेता विष्णुपुकार श्रेष्ठ सिफारिस भएका छन् ।
सरकारले दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, स्पेनका लागि शर्मिला पराजुली ढकाल, श्रीलंकाका लागि वासुदेव मिश्र, रुसका लागि मिलन तुलाधर, मलेसिया डिल्लीराज पौडेल, इजरायलका लागि शान्ता रिजाल, साउदीका लागि नवराज सुवेदी, बङ्गलादेशमा घनश्याम बञ्जाडे सिफारिसमा परेका छन् ।
जापानका लागि दुर्गाबहादुर सुवेदी, ब्राजिल निर्मल राज काफ्ले र अस्ट्रियाका लागि भरतकुमार रेग्मी नियुक्त भएका छन् ।
सुशीलकुमार लम्साल इजिप्ट, कैलाश पोखरेल अस्ट्रेलिया, डिल्लीराज पौडेल कतार, ज्योति प्याकुरेल दक्षिण कोरिया, रामसुरज राय यादव, डेनमार्कको राजदूतमा सिफारिस भएका छन् ।
डोरनाथ अर्याल, तीर्थराज वाग्ले र हरिशचन्द्र घिमिरेको नाम पनि राजदूतमा सिफारिसमा परेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया