हेटौँडा सिमेन्टको महाप्रबन्धकमा दाङका पाण्डे नियुक्त

काठमाडौं । सरकारले हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा वसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पाण्डेलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

खुला प्रतिस्पर्धाबाट महाप्रबन्धक नियुक्तिका लागि गरेको दरखास्त आह्वान गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

पाण्डे दाङ जिल्लाको घोराही उप–महानगरपालिकाको लक्षिनपुर निवासी हुन् । उनी कृषि अनुसन्धान परिषद (नार्क) कर्मचारी समेत हुन् ।

Published : Thursday, 2022 April 7, 8:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया