भारतले दार्चुला र धादिङलाई ७ करोडभन्दा धेरै रकम दियो
काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा दार्चुला र धादिङमा विभिन्न परियोजना सम्पन्न गर्नका लागि हस्ताक्षर भएको छ ।
भारत–नेपाल विकास सहकार्यअन्तर्गत निर्माण हुन लागेका उल्लेखित सामुदायिक विकास परियोजनाहरूको कूल अनुमानित लागत नेरु. ७ करोड ८ लाख रहेको छ ।
नेरु. ३ करोड ३७ लाख लागतमा जनविकास माध्यमिक विद्यालय, नेरु. २ करोड ५३ लाख लागतमा इरकोट स्वास्थ्य चौकी भवन र नेरु. १ करोड १७ लाख लागतमा महेशफाँट सिँचाई परियोजनाको निर्माण गरिने विज्ञप्तिमा उल्लेख छ ।
यी परियोजनाहरूको निर्माणले स्थानीय बासिन्दालाई राम्रो शिक्षा र राम्रो स्वास्थ्य सेवा सुविधा प्रदान गर्नुका साथै कृषि र बाली उत्पादन बढाउन स्थानीय किसानहरूलाई मद्दत गर्नेछ ।
यसबाट स्थानीयहरूलाई जीवन निर्वाह गर्न सजिलो हुनुका साथै उनीहरूको आर्थिक स्थितिमा पनि सुधार आउनेछ ।
नेपालका सातैवटा प्रदेशमा विशेष गरी तल्लो तहमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथा अन्य सार्वजनिक संरचनाहरूको निमार्ण जस्ता विविध क्षेत्रहरूमा सन् २००३ यता भारतले ५२४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको विज्ञप्तिमा उल्लेख छ ।
४६७ वटा परियोजनाहरू सम्पन्न गरिसकेको छ । त्यसमध्ये दार्चुला जिल्लामा ६ वटा परियोजनासहित प्रदेश ७ मा ३२ वटा परियोजनालाई अघि बढाइएको छ ।
धादिङ जिल्लामा ३ वटा परियोजनासहित प्रदेश ३ मा १०२ वटा परियोजनाहरूलाई अघि बढाइएको छ ।
नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहेको छ ।
परियोजनाको कार्यान्वयनले नेपाली जनताको समुन्नितका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको विज्ञप्तिमा जनाइएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया