‘अघोषित’ ५२ वर्षीय बेहुलाले महिलाकै ४२ लाख भ्याइदिए
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले विवाहको प्रलोभन देखाइ ४२ लाखभन्दा धेरै रकम ठगी गर्ने ‘अघोषित पति’लाई काठमाडौंको विशालनगरबाट पक्राउ गरेको छ ।
रामेछापको साँघुटार नगरपालिका–३ घर भइ हाल धापासी बस्दै आएका ५२ वर्षीय लोकबहादुर श्रेष्ठ ‘नवीन’लाई महाशाखाको टोलीले आइतबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
श्रेष्ठले ती महिलासँग विवाह गर्ने प्रलोभन देखाई करीव ४२ लाख ३४ हजार रूपियाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
श्रेष्ठले ती महिलालाई विश्वासमा पारी बिरामी भएको भनेर उपचार र झारफुक गर्ने बहाना बनाएर रकम लिएको महिलाको उजुरीमा उल्लेख छ ।
ती महिलाले श्रेष्ठलाई आइएमई तथा सिटीएक्सप्रेसमार्फत पटक–पटक गरी रकम पठाउन लगाएको विज्ञप्तिमा उल्लेख छ ।
श्रेष्ठलाई ठगी कसुरअन्तर्गत थप अनुसन्धानका लागि महानगरी प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया