गुरुङद्वारा तरुण दलको अध्यक्षको पदभार ग्रहण
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदभार ग्रहण गरेका छन् ।
सोमबार काठमाडौंको रवि भवनमा रहेको तरुण दलको केन्द्रीय कार्यालयमा गुरुङले पदभार ग्रहण गरेका हुन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुरुङलाई चैत ८ गते तरुण दलको अध्यक्ष मनोनीत गरेका थिए ।
यसअघि अध्यक्ष रहेका जितजंग बस्नेत पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि तरुण दलको अध्यक्ष पद रिक्त थियो ।
पर्वत जिल्लाका गुरुङ यसअघि विघटित केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष थिए ।
गुरुङलाई निवर्तमान अध्यक्ष जितजंग बस्नेतले स्वागत गरेका थिए । बस्नेतले गुरुङलाई पद हस्तान्तर गरेका थिए ।
पूर्वअध्यक्ष उदयशम्शेर राणा, भक्तपुर तरुण दलका अध्यक्ष राजु थापा, काठमाडौं तरुण दलका अध्यक्ष कृष्णजी खड्का लगायतको उपस्थिति रहेको थियो ।

बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया