राप्तीका निजामती कर्मचारीहरूको भेलामा कांग्रेस सभापति पाण्डे सहभागी, दिए शुभकामना
सिसहनियाँ । नेपाल निजामती कर्मचारी युनियन राप्ती गाउँपालिकाको आयोजनामा शनिवार राप्ती गाउँपालिका– ५ खौराहामा परिचयात्मक तथा भेटघाट कार्यक्रमको आयोजना गरिएको छ ।
युनियनका अध्यक्ष मंगलप्रसाद चौधरीको सभापतित्व तथा क्षेत्रीय सभापति भेषराज पाण्डेको प्रमुख आथित्यतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनको गत अधिशेशनमा निर्वाचित केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष वामदेव खनाललाई बधाई दिइएको छ ।
सभापति पाण्डेले निजामती कर्मचारीहरूले देशलाई चलाएको भन्दै देश विकासमा उनीहरूको ठूलो योगदान रहेको बताए । उनले युनियनमा निर्वाचित सदस्यहरूलाई शुभकामना पनि दिएका छन् ।
केन्द्रीय सदस्यमा निर्वाचित खनाल, सरस्वती रेग्मी, जिल्ला अध्यक्ष श्रीधर अधिकारी, महाधिबेशन प्रतिनिधि मोहन जिसी, नेल्टाका जिल्ला अध्यक्ष मोहन केसी, कांग्रेसको राप्ती गाउँपालिकाका सभापति विद्याशरण चौधरी लगायतलाई बधाई ज्ञापन गरिएको छ ।
युनियनका राप्तीका सदस्य मानबहादुर जिसीको स्वागतबाट सुरु गरिएको कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी, सचिव बासुदेव खनाल लगायतकाले युनियनले खेल्ने भुमिकाबारे ब्यख्या गरेका थिए ।
राप्ती गाउँपालिकाका उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, शिक्षक संघ राप्तीका अध्यक्ष मंगलप्रसाद चौधरी, पूर्व अध्यक्ष सूर्यप्रकाश भण्डारी, शिक्षक महासंघ राप्तीका अध्यक्ष कुलराज जैसी, राप्ती गाउँपालिका कांग्रेसका सचिव तीर्थराज ज्ञवाली, सदस्य बसन्त अधिकारी लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।


बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया