११ र १२ का विद्यार्थीलाई रजिष्ट्रेशन र परीक्षा फाराम बुझाउने म्याद थप
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद थप गरेको छ ।
धेरै विद्यार्थीले रजिष्ट्रेशन तथा परीक्षा आवेदन फाराम बुझाउन छुटेको भन्दै बोर्डमा निवेदन दिएपछि पुनः म्याद थप गरिएको सूचनामा उल्लेख छ ।
बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ गतेभित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन सक्ने जनाएको छ ।
बोर्डका अनुसार २०७८ सालमा कक्षा ११ मा भर्ना भई अध्ययनरत विद्यार्थीको रजिष्ट्रेशन आवेदन फाराम र २०७९ सालमा सञ्चालन हुने कक्षा १२ (नियमित तथा आंशिक–ग्रेडवृद्धि) कक्षा ११ को (आंशिक–ग्रेडवृद्धि मात्र) को वार्षिक परीक्षाको आवेदन फाराम वापत प्रतिविद्यार्थी १ हजार दुई सय र रजिष्ट्रेशन आवेदन फाराम वापत प्रतिविद्यार्थी ८ सय बुझाई सम्बन्धित विद्यालयमार्फत बोर्डका कार्यलमा फाराम बुझाउन सक्नेछन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया