संयोजक ढकाल र साउदी राजदूतबीच भेट, व्यवसाय र कामदारका समस्याबारे छलफल
काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका संयोजक विमल ढकाल र नेपालका लागि साउदी अरबका राजदूत मुसैद अलमारवानीबीच भेटवार्ता भएको छ ।
बुधबार काठमाडौंमा भएको भेटमा नेपाली कामदारका समस्या र मागका विषयमा छलफल भएको संघले जनाएको छ ।
संयोजक ढकालले साउदी अरबमा नेपाली कामदारहरू ठूलो संख्यामा रहेको भन्दै उनीहरूका विषयमा देखिएका समस्या समाधानका लागि राजदूत मुसैदसँग आग्रह गरेका छन् ।
ढकालले भने, ‘नेपालस्थित साउदी अरबका राजदूत मुसैद अलमारवानीसँग द्विपक्षीय सम्बन्ध, साउदी अरबमा कार्यरत नेपाली कामदारको हकहित र सुरक्षा, नेपालमा क्रियाशील वैदेशिक रोजगार व्यवसायीहरूले साउदी अरब जाने कामदारहरूको भिषा लगाउँदा नेपालस्थित साउदी राजदूतावासमा झेल्नु परेका समस्या र साउदी अरबमा घरेलु कामदार पठाउने बारेमा छलफल भयो ।’
‘साउदी राजदूतावासमा भिषा लगाउँदा व्यवसायीले झेल्नुपरेका समस्या तत्काल समाधान गरिदिने बारेमा राजदूतबाट सकारात्मक आश्वासन प्राप्त भयो’, उनले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया