उर्मिलाको ज्यान जाने गरी भएको घटनाको छानविन गर्न समिति गठन
काठमाडौं । मोरङको लेटाङमा प्रहरी जवानको ज्यान जाने गरी भएको घटना छानबिन गर्न समिति गठन भएको छ ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयअन्तर्गत अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
समितिले घटनाको छानबिन गरेर प्रहरी प्रधान कार्यालयलाई प्रतिवेदन बुझाउनेछ ।
आइतवार मोरङ लेटाङ नगरपालिका–५, खेरुवास्थित शिक्षा विकास माविमा स्थानीय र प्रहरीबीच झडप हुँदा २५ जना घाइते भएका थिए ।
प्रदर्शनकारीले चक्कु प्रहार गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको भने मृत्यु भएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणले घटनाको छानविन गरेर दोषीलाई कारबाही गर्ने बताएका थिए । प्रहरीले छानविन समिति गठन गरेर आफ्नो काम अगाडि बढाएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया