भोजपुरमा भारतले बनाइदियो अस्पतालको भनाव
भोजपुर । भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा निर्माण गरिएको महात्मा गान्धी मेमोरियल अस्पताल भवनको उद्घाटन गरिएको छ ।
भारत सरकारको सहयोगमा निर्माण भएको भवनको बिहीबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र भारतीय राजदूतावासकी नियोग उप–प्रमुख श्रीमती नामग्य सी खम्पाले उद्घाटन गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेरु. २ करोड २६ लाखको लागतमा निर्माण गरिएको हो ।
अस्पतालले भोजपुर जिल्ला र आसपासका अन्य जिल्लाका मानिसहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा अझ राम्रो पहुँच प्रदान गर्नेछ ।
१५ शैय्याको क्षमता भएको अस्पतालमा जनतालाई राम्रो स्वास्थ्य सेवाप्रदान गर्न हेतु प्रसूति कक्ष, चौबीसै घण्टा आपतकालीन स्वास्थ्य परीक्षण कक्ष, बालबालिका वार्ड, शल्यक्रिया कक्ष, प्रतिक्षालय, प्याथोलोजी ल्याब, चिकित्सक तथा नर्स कक्ष, महिला तथा आगन्तुका लागि छुट्टाछुट्टै शौचालय र फर्निचर तथा अस्पताल उपकरणको व्यवस्था गरिएको छ ।
सन् २००३ यता भारतले नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा ४६७ वटा सम्पन्न भइसकेका छन् ।
ती मध्ये भोजपुरका ४ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् । यसका अतिरिक्त भारतले भोजपुर जिल्लामा हालसम्म ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया