प्रधानमन्त्री र गृहमन्त्रीको कुरा सुनेपछि निर्माण व्यवसायीहरू चकित, चीन पनि खुसी
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबाले एमसीसीका परियोजनाहरू निर्माणका लागि एमसीए–नेपालले गर्ने ग्लोबल टेन्डरमा भाग लिन नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघको २३औं वार्षिक साधारणसभा काठमाडौंमा उद्घाटन गर्दै देउवाले ग्लोबल टेन्डरमा भाग लिने हिम्मत गर्न व्यवसायीलाई आग्रह गरेका हुन् ।
एमसीसीको टेन्डरबाट नेपाली कम्पनी छानिएमा आफू खुसी हुने देउवाले बताएका छन् । ‘एमसीसीको टेन्डरमा सफल हुनुस्’, प्रधानमन्त्री देउवाले भने, त्यसो भए सबैभन्दा बढी खुसी म नै हुनेछु ।’
अमेरिकाको कानूनका कारण अन्तर्राष्ट्रिय बोलपत्र गर्नुपर्ने भन्दै देउवाले जुनसुकै देशका कम्पनी पनि एमसीसीको परियोजना निर्माणका लागि आउन सक्ने बताएका छन् ।
‘चीनकै पनि कम्पनी आउन सक्छन्, भारतको पनि आउनसक्छन्’, उनले भने, ‘नेपालकै वा अरु देशका कम्पनीले पनि प्रतिस्पर्धा गर्न सक्छन् ।’
गृहमन्त्री बालकृष्ण खाणले बिजुलीको तारमा झुन्डिएर विदेशी सेना नआउने बताएका छन् ।
विगतमा रहेको लोडसेडिङको समस्यालाई सम्झाउँदै खाणले त्यही दिन फेरि आउन नदिन एमसी परियोजनालाई स्वीकार गरिएको बताएका छने ।
खाणले प्रधानमन्त्री देउबाले पद नै धरापमा परेपनि एमसीसी पास गर्ने दृढता देखाएको बताए ।
उनले अन्तर्राष्ट्रिय समुदायसामु देशको विश्वसनियता बचाउन पनि एमसीसी परियोजना स्वीकारिएको बताएका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया