एमसीसी पास हुनेवित्तिकै जापानले पनि दियो अनुदानमा ठूलो रकम, कांग्रेस सरकारको दिन खुल्यो
काठमाडौं । प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन भएको दुई हप्ताभित्र जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपियाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ ।
बिहीबार नेपाल र जापान सरकारबीच अनुदान पत्रमा हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् ।
जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाललाई सबैभन्दा धेरै अनुदान उपलब्ध गराउने देशमा जापान पर्छ ।
नेपाली कांग्रेस नेतृत्वका लोकतान्त्रिक सरकार बनेपछि विदेशी दातृ निकायहरूले नेपाललाई सहायता दिन थालेका छन् ।
Published : Friday, 2022 March 11, 8:32 am
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया