दुईतिहाइ बहुमत कम्युनिस्टलाई बोकाको मुखमा कुभिण्डो भयो : पूर्व गर्भनर क्षेत्री

काठमाडौं । पूर्व गर्भनर दीपेन्द्रबहादुर क्षेत्रीले राजनीतिक नेतृत्वमा दलाली गर्नेहरू हाबी भएका कारण मुलुकमा अर्थतन्त्रमा समस्या आएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा बुधबार बिहान अन्तर्वार्ताका क्रममा क्षेत्रीले राजनीतिमा ब्यापक रुपमा दलालीको बढोत्तरी भएको बताए ।

‘दलाली गर्नेहरू, राजनीतिक होस् कि न्याय क्षेत्रमा होस् । अरु कुनै सम्झौतालाई कार्यान्वयन गर्ने दिशामा होस् । दलालीको ब्यापक रुपमा बढोत्तरी भइरहेको छ’, पूर्व गर्भनर क्षेत्रीले भनेका छन् ।

‘उनीहरू खाएको लाएको जस्तो देखिएका छन् । सर्वसाधारण जनता आय आर्जन गर्ने, रोजगारी गर्दा समेत बिहान–बेलुकाको छाकटार्न पनि समस्या पर्ने स्थिति आएको कारणले गर्दा समाजमा बिग्रह चुलिदै गएको छ’, उनले भनेका छन्, ‘यसको नतिजा राम्रो हुँदैन ।’

‘हाम्रो धेरै जस्तो ध्यान नचाहिँदो राजनीतिमा गयो’, उनले भने, ‘दुईतिहाइको सरकार नेपाली जनताहरूले वामपन्थलाई दिएका थिए । त्यो बोकोलाई कुभिण्डो जस्तो मुखमै अटेन । मुखमै नअटेपछि मुखबाट बाहिर निस्कियो ।’

‘देशमा दीर्घकालीन लाभभन्दा तत्कालीक राजनीतिमा न्यानो गर्नका लागि गएकाले अर्थतन्त्र ओरालो तिर गएको हो’, उनले भनेका छन् ।

Published : Wednesday, 2022 March 9, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया