विजुली विदेशमा बेच्न प्रशारण लाइन र सडक बनाउनु राष्ट्रघात हुँदैन : खाण
बुटवल । गृहमन्त्री बालकृष्ण खाणले एमसीसीको सहयोग लिनु नेपालको अधिकार भएको बताएका छन् ।
मंगलबार बुटवलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खाणले अविकसित देशहरूको गरिबी र बेरोजगारी अन्त्य गर्नका लागि अमेरिकाले एमसीसी परियोजना ल्याएको बताए । उनले एमसीसीमा नेपालले आफ्नो अधिकार प्रयोग गर्दै माग गरेको बताएका छन् ।
खाणले नेपालमा उत्पादित विजुली विदेशमा बेच्न प्रशारण लाइन र सडक बनाउनु राष्ट्रघाती नहुने बताएका छन् ।
नेपालका धेरै कम्युनिस्ट पार्टी एमसीसीका विषयमा दोधारमा रहेको गृहमन्त्री खाणको आरोप छ ।
‘कम्युनिष्टहरू सरकारमा हुँदा माइतीघर मण्डलामा विरोध गर्न पाइँदैनथ्यो’, उनले भने, ‘अहिले संसदबाट एमसीसी पारित हुँदा पनि विरोधमा प्रदर्शन गरिरहेका छन् ।’
गृहमन्त्री खाणले कांग्रेस जहिले पनि नागरिकको अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । उनले वर्तमान सरकार पनि आलोचना सहन तयार रहेको बताए ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया