भक्तपुरमा नेमकिपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति बानियाँद्वारा स्वागत
भक्तपुर । भक्तपुर जिल्लामा नेमकिपासहित विभिन्न दलका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
चाँगुनारायण नगरपालिका–९ ताथलीमा आयोजित कार्यक्रममा नेमकिपासहितका दलका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।
नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले पार्टीमा स्वागत गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेमा एलिना थापा, निरा कार्की राउत, रोहित सुवाल, राजेन्द्र बोयजू, कृष्णप्रसाद फैजू, सुनिता विक, विष्णुप्रसाद फैजू, गायत्रीमाया श्रेष्ठ, जयराम फैजू, विष्णुप्रसाद छुकां, भवानी पराजुली थापा रहेका छन् ।
भुवन खड्का, बिलबहादुर सुवाल, दिशा सुवाल, दीपन्द्र सुवाल, सृजना फैजू, राज खड्का, रामबहादुर बस्नेत, दिनेश थापा, हरिशरण थापा पनि कांग्रेसमा प्रवेश गरेका छन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया