भक्तपुरमा नेमकिपाका कार्यकर्ता कांग्रेसमा प्रवेश, सभापति बानियाँद्वारा स्वागत

भक्तपुर । भक्तपुर जिल्लामा नेमकिपासहित विभिन्न दलका कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

चाँगुनारायण नगरपालिका–९ ताथलीमा आयोजित कार्यक्रममा नेमकिपासहितका दलका कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरूलाई नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँ र भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले पार्टीमा स्वागत गरेका हुन् ।

कांग्रेस प्रवेश गर्नेमा एलिना थापा, निरा कार्की राउत, रोहित सुवाल, राजेन्द्र बोयजू, कृष्णप्रसाद फैजू, सुनिता विक, विष्णुप्रसाद फैजू, गायत्रीमाया श्रेष्ठ, जयराम फैजू, विष्णुप्रसाद छुकां, भवानी पराजुली थापा रहेका छन् ।

भुवन खड्का, बिलबहादुर सुवाल, दिशा सुवाल, दीपन्द्र सुवाल, सृजना फैजू, राज खड्का, रामबहादुर बस्नेत, दिनेश थापा, हरिशरण थापा पनि कांग्रेसमा प्रवेश गरेका छन् ।

Published : Monday, 2022 March 7, 6:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया