रुसलाई सबक सिकाउन युक्रेनद्वारा भाडाका लडाकु भर्ती, घमण्डी पुटिनलाई घुँडा टेकाउने

लण्डन । रुसले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको छ ।

युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन् ।

उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन् ।

युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन् ।

युक्रेनी रक्षा अधिकारीहरूले रुसले पूर्ण क्षमतामा राजधानी किएभ माथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन् ।

युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जमा गर्न थालेको छ ।

त्यसको तयारी स्वरूप किएभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बताइएको छ ।

सेनाले दिएको सूचना अनुसार रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेका छन् । बीबीसी

Published : Monday, 2022 March 7, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया