बस्नेतलाई नहटाउन सर्वोच्चको आदेश, ठूला वकिलहरूको लाइन लाग्यो
काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई पदबाट नहटाउन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले शुक्रबार तत्कालका लागि बस्नेतलाई पदबाट नहटाउन आदेश दिएको हो ।
बस्नेत स्पष्टीकरणको विषयलाई लिएर सर्वोच्च पुगेका थिए ।
बस्नेतलाई पदबाट हटाउन मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेपछि सर्वोच्चले सरकारका नाममा अन्तरिम आदेश दिएको छ ।
पत्रकार महासंघको सदस्यताको विषय बनाएर सरकारले बस्नेतसँग स्पष्टीकरण सोधेको थियो ।
पत्रिकारिता क्षेत्रमा ०५२ र महासंघमा ०५५ देखि क्रियाशील रहेको हुँदा काउन्सिलमा नियुक्त हुन महासंघको सदस्यता खुलाइरहन नपर्ने जिकिर बस्नेतको छ ।
बस्नेतका तर्फबाट सर्वोच्चमा वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, हरिहर दाहाल, शेरबहादुर केसी, अधिवक्ताहरू टीकाराम भट्टराई, अनन्तराज लुइटेल, विकास भट्टराई, प्रतिभा उप्रेती, अमिता गौतम, चन्द्रकला रेग्मीसहितका कानून व्यवसायीले बहस गरेका थिए ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया