युट्युब अनलाइन टिभी दर्ता गर्न ५ लाख चाहिने

काठमाडौं । सरकारले अनलाइन टिभीहरूले इजाजतपत्र लिनुपर्ने गरी राष्ट्रिय प्रशारण नियमावलीमा संशोधन गरेको छ ।

युट्युबमा जथाभाबी सामग्री प्रकाशन भएपछि सरकारले इजाजत लिएरमात्रै सञ्चालन गर्न पाउने व्यवस्था गरेको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय प्रशारण नियमावली एघारौं संशोधन गर्दै युट्युबलगायत इन्टरनेटको माध्यमबाट हुने प्रशारणको नियमन गर्ने व्यवस्था गरेको जनाएको छ ।

युट्युब सञ्चालन गर्न ५ लाख रुपियाँ चाहिनेछ । इजाजत लिनुअघि उपभोक्ताको उमेर वर्गीकरण गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

बालबालिका र सबै उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘यु’ रेटिङ दिइनेछ ।

१० वर्षदेखि १८ वर्षसम्मको उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमलाई ‘आर’ रेटिङ हुनेछ ।

१८ वर्षभन्दा माथिका उमेर समूहका लागि उपयुक्त हुने कार्यक्रमका लागि ‘ए’ रेटिङ दिनुपर्न नियमावलीमा व्यवस्था गरिएको छ ।

आफैँले उत्पादन गरेको सामग्री प्रकाशित गर्नुलाई अनलाइन टेलिभिजनका रुपमा परिभाषा गर्दै सरकारले अब युट्युबको निगरानीसमेत गर्नेछ ।

प्रेस काउन्सिलले समेत युट्युब सामग्री नियमन गर्न गृहकार्य कार्य शुरु गरिसकेको थियो ।

Published : Sunday, 2022 March 6, 10:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया