महोत्तरी कांग्रेसको सभापति देउवा निकटका नागेश्वर सर्वसम्मत

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको सभापतिमा नागेश्वर यादव विजयी भएका छन् ।

सभापतिमा निर्वाचित नागेश्वर सभापति शेरबहादुर देउवा निकटका हुन् ।

पहिलो चरणमा सभापतिमा कसैको पनि ५१ प्रतिशत मत नआएपछि दोस्रो चरणमा सर्वसम्मतिले यादवलाई सभापति चयन गरिएको हो ।

पहिलो चरणमा नागेश्वरले १ हजार ११, शुशील यादवले ७ सय ७९ र बजरंग नेपालीले ३ सय ६ मत मात्र प्राप्त गरेका थिए ।

सुशील समूहले नागेश्वर यादवलाई समर्थन गरेपछि सर्वसम्मतिले नागेश्वर चयन भएको निर्वाचन समितिले घोषणा गरेको छ ।

Published : Saturday, 2022 March 5, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया