कार्यक्रममा भाग लिन गृहमन्त्री खाण रुपन्देही आउँदै
भैरहवा । नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाण दुई दिनका लागि गृहजिल्ला रुपन्देही आउने भएका छन् ।
मन्त्री खाण शुक्रबार भैरहवा आउने रुपन्देही कांग्रेसले जनाएको छ । पार्टीको कार्यक्रम र अन्य सामाजिक कार्यक्रमहरूमा सहभागी हुन् गृहमन्त्री खाण भैरहवा आउन लागेको रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणले जानकारी दिए ।
स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुन लागेको छ । निर्वाचनको तयारी तीब्र भइरहेका बेला मन्त्री खाण गृहजिल्ला आउन लागेका छन् ।
मन्त्री खाण शुक्रबार दिउँसो १ बजे बुद्ध एयरको विमानबाट भैरहवा विमानस्थलमा अवतरण गर्नेछन् ।
शुक्रबार र शनिबार रुपन्देहीका विभिन्न स्थानमा आयोजित राजनीतिक, सामाजिक तथा विभिन्न संस्थाले आयोजना गर्ने कार्यक्रममा खाण सहभागी हुनेछन् ।
गृहमन्त्री खाण शनिबार साँझ काठमाडौं फर्कने कार्यक्रम छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया