शोकमा कांग्रेस नेता जन्मजय तिमिल्सिना

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका पूर्व कार्यबाहक अध्यक्ष जन्मजय तिमिल्सिना शोकमा परेका छन् ।

तिमिल्सिनाका ससुरा करवीरदत्त भट्टको ८५ वर्षको उमेरमा बुधबार कैलाली जिल्लाको टीकापुर नगरपालिकामा निधन भएको हो । उनको हृदयघातका कारण निधन भएको परिवारजनले जनाएका छन् ।

भट्टको बुधबार कर्णाली नदीमा अन्तिम दाहासंस्कार गरिएको छ । स्व.भट्टका ४ छोरी र एक छोरा छन् ।

Published : Thursday, 2022 March 3, 8:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया