धनुषा कांग्रेसमा कसले जित्ला सभापति ? विमलेन्द्र निधिलाई धुलो चटाउने तयारी

धनुषा । नेपाली कांग्रेस धनुषाको सभापतिमा तीन जनाले उम्मेदवारी दिएका छन् ।

धनुषा कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत मतदान फागुन २३ हुनेछ ।

सभापति शेरबहादुर देउवाको समूहबाट सन्तोष यादवले उम्मेदवारी दिएका छन् । उनी हालको कार्यसमितिका उप–सभापति हुन् । सन्तोष जिल्लामा लोकप्रिय मानिन्छन् ।

रामचन्द्र पौडेल–शेखर कोइरालाको समूहबाट पूर्वसांसद दिनेशप्रसैला यादवले उम्मेदवारी दिएका छन् ।

नेता विमलेन्द्र निधिको समूहबाट योगेन्द्र पञ्जियारले उम्मेदवारी दिएका छन् । पञ्जियार क्षिरेश्वर नगरपालिकाका मेयर हुन् ।

उनीहरूले जनकपुरस्थित कांग्रेस निर्वाचन समिति धनुषाको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको धनुषा जिल्ला अधिवेशनमा तीन हजार १८७ मतदाता छन् ।

धनुषा विमलेन्द्र निधिको गृहजिल्ला पर्छ । निधिको पकड रहेको धनुषामा यस पटक निधिलाई धुलो चटाउने तयारी छ ।

पूर्वराष्ट्रपति रामवरण यादवले पौडेल–कोइराला समूहका सभापतिका उम्मेदवार दिनेशप्रसैल यादवलाई समर्थन गरेका छन् ।

Published : Thursday, 2022 March 3, 7:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया